राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित
राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा दाहाल ३९ मतसहित निर्वाचित भएको घोषणा गरिएको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत परेको थियो ।
यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत परेको थियो । मतदान प्रक्रियामा ५६ जना सहभागी भएका थिए ।
दाहाललाई नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका हुन् ।
दाहाल माओवादी स्थायी कमिटी सदस्य हुन् । उनी यस अघिको काँग्रेस– माओवादी सरकारको सिफारिसमा मनोनित कोटाबाट २०७८ फागुन २५ गते राष्ट्रिय सभा सदस्य बनेका हुन् ।
टिप्पणीहरू