नयाँ गठबन्धनको जग काँग्रेसको विश्वासघात : प्रधानमन्त्री

नयाँ गठबन्धनको जग काँग्रेसको विश्वासघात : प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताउनुभएको छ । 

विश्वासको मत लिनुअघि प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उहाँले यस्तो भनाई राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रको अन्तरकलहले आफूलाई समीकरण बदल्ने ठाउँमा पुर्याएको दावी गर्नुभयो । 

‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरुलाई सोध्न चाहन्छु- मैले शोकगीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन', उहाँले भन्नुभयो, 'म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको आधार तयार पार्न आफूले विगतमा खेलेको भूमिकालाई नजरअन्दाज नगर्न पनि प्रतिपक्ष कांग्रेसलाई आग्रह गर्नुभयो ।
 

टिप्पणीहरू