पुटिन पुनर्विजयको साक्षी बस्न नेपालीहरु मस्कोतर्फ

पुटिन पुनर्विजयको साक्षी बस्न नेपालीहरु मस्कोतर्फ
सुन्नुहोस्

रुसमा पर्सि शुक्रबारदेखि हुने राष्ट्रपतीय निर्वाचन पर्यवेक्षणका लागि निर्वाचन आयुक्त रामप्रसाद भण्डारी त्यसतर्फ जानुभएको छ । सहसचिव रमेश ढकाललाई लिएर उहाँ आज बिहान काठमाण्डौबाट दाेहातर्फ प्रस्थान गर्नुभएको हो ।

कतार एअरवेजको उडान नम्बर क्युआर ६५३ मा बिहान ११ बजे त्यसतर्फ गएको टोलीले मस्कोमा आयोजित ‘इलेक्टोरल सोभरनिटी एण्ड इन्टरनेशनल स्टाण्डर्डस कन्फरेन्समा’ पनि सहभागिता जनाउने कार्यक्रम छ ।

राष्ट्रपतीय चुनावमा राष्ट्रपति भ्लादिमिर पुटिनसहित लियोनिद सुलुत्स्की,निकोलाई खारितोनोभ र भ्लादिस्लाभ दाभान्कोभ उम्मेदवार छन् । चुनावमा रुसका ११ करोड २३ लाख र युक्रेनी क्षेत्रका १९ लाख मतदाताले मतदान गर्दैछन् ।

अरु राजनीतिक दलका तर्फबाट उम्मेदवार बने पनि पुटिन भने स्वतन्त्र उम्मेदवार हुन् ।

टिप्पणीहरू