नाम रविको,बटुल्ने काम केसीको

नाम रविको,बटुल्ने काम केसीको
सुन्नुहोस्

नागरिकताको नाम नन्दबहादुर क्षेत्री तर मलेसियामा नेत्र केसीको नामले चिनिने स्याङ्जा मूल घर भएका व्यक्तिमाथि मलेसियामा रवि (लामिछाने) पार्टीको संयोजक हुँ भन्दै नेपाली पीडित र सर्वसाधारणबीच धमाधम उठाइरहेको आरोप छ ।

सन् २००६ मा युरोप पठाउने भन्दै २० सर्वसाधारण नेपाली लिएर मलेसिया पुगेका केसीले तिनलाई त्यहीँ अलपत्र बनाए । ती सर्वसाधारण कता पुगे, तिनको हिसाब मिलाए कि मिलाएनन्- त्यो केसी नै जानुन्,तर राष्ट्रिय स्वतन्त्र पार्टीको आडमा उनले उठाइरहेकै देखिन्छन् ।

मार्चको पहिलो हप्तादेखि मलेसिया सरकारले अवैध देखिएका मानिस वा कामदारलाई सम्बन्धित देशको दूतावासले प्रमाणसहित आफ्नो नागरिक भएको करार गरिदिएपछि स्वदेश फर्काउने कार्यक्रम थालेको छ । त्यस वापतको लागत प्रति व्यक्ति पाँचसय रिंगिट मात्र हुन आउँछ।

तर उनै केसीको नेपाली राजदूतावासको भुईंतल्लामा एक भव्य रेष्टुरेन्ट छ र दूतावासमा आधिकारिकता पेश गर्न जाने अवैध नेपालीको मजबुरीको फाइदा उनी त्यहीँ बसेर उठाउँछन्। भन्छन् कि- नेपाल जाने हो भने मलाई तीनहजार रिंगिट दिनुस्,म सम्पूर्ण कुरा मिलाइदिन्छु।

नेपाली दूतावासले आफ्नै भुइँतल्लाबाट भैरहेको यस्तो कारोबारलाई सम्पूर्णत: नजरअन्दाज गरेको बताइन्छ ।

नेपालकी श्रीमती र परिवारलाई अलपत्र पारेर इन्डोनेसियन मूलकी मलेसियनसँग नजिकिएका केसीले, उनै महिलाको स्थानीय शक्ति प्रयोग गर्दै यस प्रकारले संस्थागत आम्दानी गरेको १० वर्ष बढी भैसक्यो, २००६ को सन्दर्भबाहेक पनि ।

टिप्पणीहरू