रविका कारण संसदमा रडाको
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसदहरूले वेल घेर्दै नाराबाजी गरेपछि प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ ।
आज दिउँसो काँग्रेसको अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मीनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । दोस्रो बैठक सुरू भएलगत्तै उनीहरुले वेल घेराउ गरेका हुन् ।
सभामुख देवराज उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रेश गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरु वेल घेराउमा उत्रिए । उनीहरुले ‘गृहमन्त्री राजीनामा दे’, ‘सहकारी पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरे ।
त्यसपछि प्रतिनिधि सभाको अर्को बैठक पर्सि आइतबार ११ बजे सम्मको लागि स्थगित गरिएको छ ।
टिप्पणीहरू