सरकारको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरुको हातमा

सरकारको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरुको हातमा

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा कार्यदलले शीर्ष नेताहरुलाई बुझाएको छ । कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित संयुक्त भेटघाटमा न्यूनतम कार्यक्रमको मस्यौदा बुझाएको बताइएको छ ।

१० सदस्यीय कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गरेको हो । कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादी केन्द्रबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र महासचिव डा. मुकुल ढकाल थिए ।

जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवम् नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य रहेको कार्यदलले उक्त कार्यक्रमको मस्यौदा तयार पारेको हो ।

साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती तथा त्यसको समाधानलगायत विषयलाई प्राथमिकता दिइएको बताइएको छ ।

प्रतिवेदन भेटघाटमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेलाई बुझाइएको हो ।

टिप्पणीहरू