प्रधानमन्त्रीद्वारा गृह र अर्थमन्त्रीलाई निर्देशन दिएको पोखरामा खुलासा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकभित्र व्यापार व्यवसायको थप वातावरण बनाउन पहल गरिएको बताउनुभएको छ । उहाँले त्यसका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।
पोखरामा आयोजित एक कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले पछिल्लो सत्ता सहकार्य फेरिएपछि आफूले उक्त पहल गरेको जानकारी दिनुभएको हो । भन्नुभयो, ‘पछिल्लो सत्ता सहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनुपर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’
मुलुकले अंगालेको वर्तमान राजनीतिक व्यवस्थामा सरकार परिवर्तन हुनु कुनै नौलो कुरो नभएको उहाँको भनाई छ । तर, यसबाट मुलुकको विकास निर्माण र समृद्धिको यात्रामा अवरोध नहुने उहाँले उल्लेख गर्नुभयो ।
टिप्पणीहरू