मधेस झरेको राप्रपाले काङ्ग्रेसलाई सघाउने
राजसंस्था र हिन्दुराष्ट्र जगाउन निर्णायक आन्दोलनको तयारीमा रहेका पूर्वपञ्चहरु मधेश झरेका छन् । राप्रपाले आगामी चैत्र २७ गते काठमाडौँमा गर्न लागेको जनप्रदर्शनको प्रचार-प्रसारका लागि सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनसहितका शीर्ष नेताहरु आजदेखि तराई-मधेशको यात्रामा निस्किएका हुन् । राप्रपाले भोलिदेखि मधेसका विभिन्न जिल्लामा कार्यक्रम गर्दैछ ।
भोलि जनकपुरबाट कार्यक्रम शुरु गरी सर्लाही,पर्सा,रौतहट र सिराहाका विभिन्न स्थानमा आमसभा गर्ने तयारी छ । राजा फर्काउने मात्रै भन्दा जनताको सहभागिता नहुने बुझेपछि राष्ट्रियता, सुशासन,सेवाप्रवाह र जनजीविकासँग सम्बन्धित विभिन्न ४० बॅुदे मागपत्र सरकारलाई बुझाएर राप्रपाले आन्दोलन घोषणा गरेको हो ।
व्यवस्थाको विरोध गर्ने अनि सरकारमा पनि सहभागी हुने दोहोरो चरित्र देखाउने गरेको आरोपबाट यसपटक मुक्त भएको राप्रपाका मुख्य नेताहरुको टोली आन्दोलनको तयारीमा जुटिरहेको छ । यद्यपि अहिले पनि एमालेसहितको नयाँ गठबन्धन सरकारमा जाने केही नेताहरुको चाहना प्रकट नभएको भने होइन ।
ओलीले राप्रपालाई सरकारमा नलिनुको कारण प्रष्ट्याउँदै 'उस्तै परे लिङ्गदेनलाई नै निकाल्दैछन् । लिम्बु कहिल्यै पनि राजावादी हुन सक्दैन' भनेको विषयले सो पार्टीमा अनेक आशंका पैदा गरेको चर्चा पनि छ ।
तर,एमाले र माओवादीले संस्थागतरुपमै निर्णय गरेर 'परिवर्तन विरोधी' लाई सरकारमा लिन नचाहेपछि राप्रापाले प्रतिपक्षमा बस्ने निर्णय गरिसकेको छ । राप्रपाका नेताहरुले वर्तमान गठबन्धन ६ महिना बढी नटिक्ने दावी गर्दै आएका छन् । भारतीय रुची र चासो प्रतिकूल भएका गठबन्धनको आयु छोटो रहेको उनीहरुको विश्लेषण छ ।
गठबन्धनमा लिन एमाले अध्यक्षले सामान्य सोधनीसमेत नगरेकोमा राप्रपा अध्यक्षको चित्त दुखाई रहेको पनि बताइन्छ । त्यसकारण केन्द्रीय सरकारमा सामेल नहुने निर्णय गरेको राप्रपाले प्रदेशका सन्दर्भमा भने प्रतिपक्षी गठबन्धनलाई सघाएर जाने रणनीति लिएको छ ।
राप्रपाको मत निर्णायक रहेका प्रदेशहरुमा प्रतिपक्षी गठबन्धनमा मत हाल्ने तयारी रहेको सो पार्टीका एकजना महामन्त्रीले बताए । 'यदि प्रतिपक्षलाई सहयोग गर्दा सरकार बन्ने स्थिति हुन्छ भने हामी समर्थन गर्छौं,तर सरकारमा जाँदैनौं',उनले भने, 'तर सत्ता गठबन्धनलाई चैँ दिदैनौं ।
सुदूरपश्चिम,गण्डकी र बागमती प्रदेशमा आफ्नो मत निर्णायक हुनसक्ने राप्रपाको विश्लेषण छ । त्यसो त,सरकारमा जानुपर्छ भन्ने मत पनि राप्रपामा नभएको होइन । उपाध्यक्ष बुद्धिमान तामाङलगायतका केही नेताहरुले प्रयास गरेका पनि हुन् । तर,एमाले अध्यक्ष केपी शर्मा ओलीले नचाहेपछि उनीहरुको प्रयास सफल भएन ।
नयाँ गठबन्धन बनेलगत्तै बसेको एमाले सचिवालय बैठकमा ओलीले राप्रपालाई सरकारमा नलिनुको कारण प्रष्ट्याउँदै 'उस्तै परे लिङ्गदेनलाई नै निकाल्दैछन् । लिम्बु कहिल्यै पनि राजावादी हुन सक्दैन' भनेको विषयले सो पार्टीमा अनेक आशंका पैदा गरेको चर्चा पनि छ ।
टिप्पणीहरू