आज पनि रोकिएन विदेशीसङ्गको भेट

आज पनि रोकिएन विदेशीसङ्गको भेट

गृहबाट परराष्ट्र सरेपछि यहाँस्थित विभिन्न मुलुकका राजदूतहरुसँग लगातार भेटघाट गरिरहनुभएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आज पनि सोक्रम जारी राख्नुभएको छ ।   

उहाँले आज दुई वटा मुलुकका राजदूतसँग मन्त्रालयमै छुट्टा-छुट्टै भेटवार्ता गर्नुभएको जानकारी दिइएको छ । बिहान जर्मनीका राजदूत थोमस प्रिंज र अपराह्न होलि सीका राजदूतसँग परराष्ट्रमन्त्रीले भेटवार्ता गरेको बताइएको छ । 

हिजो नेपालका लागि भेनेजुयला र पोर्चुगलका राजदूतले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका थिए । अस्ति नर्वे र पाकिस्तान, त्यसअघि रुसी राजदूतले भेटेका थिए । 

मन्त्रीको शपथ ग्रहणलगत्तै गत बिहीबार चिनियाँ र भारतीय राजदूतले उपप्रधानमन्त्री श्रेष्ठसँग छुट्टाछुट्टै भेट गरेका थिए । भोलिपल्ट दिउँसो अमेरिकी राजदूत डिन आर थम्पसन उहाँलाई भेट्न सिंहदरबार पुगे ।

सबै भेटवार्तालाई शिष्टाचार भेट भनिएको छ ।

टिप्पणीहरू