पोखरामा शपथग्रहण तयारी

पोखरामा शपथग्रहण तयारी

नेकपा एकीकृत समाजवादीसँगको आवद्धता त्यागेर स्वतन्त्र सांसदको हैसियत बनाएका राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्री बनेका छन् । भौतिक पुर्वाधार मन्त्री नियुक्त भएका उनलाई दिउँसो ३ बजे शपथ गराउने तयारी गरिएको छ ।

भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए । संघीय सरकारमा गठबन्धन फेरिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेपछि उक्त मन्त्रालय आफैँले राखेका थिए ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने मन्त्री महेन्द्रध्वज जिसीलाई दिइएको छ । मनाङबाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेका राजीव नेकपा एकीकृत समाजवादी प्रवेश गरेका थिए । उक्त दलसँगको आवद्धता हटाएर पुनः स्वतन्त्र सांसदको हैसियत पाउन उनले हिजै प्रदेश सभा सचिवालयमा निवेदन हालेका हुन् ।

टिप्पणीहरू