नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला, मागियो राजीनामा

नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला, मागियो राजीनामा
सुन्नुहोस्

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । संघको चावहिलस्थित पशुपति क्याम्पस इकाइ समितिले राजधानीमा पुत्ला जलाएका हुन् ।

उनीहरूले चर्को नाराबाजी गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । गृहमन्त्रीले सहकारीको रकम अपचलन गरेको संघको आरोप छ । 

प्रदर्शनकारीहरुले ‘पीडितलाई न्याय दे’ भन्दै नाराबाजी गरेका थिए ।

टिप्पणीहरू