काँग्रेसका मन्त्री हटाइयो, एमालेका सरोज यादव नियुक्त

काँग्रेसका मन्त्री हटाइयो, एमालेका सरोज यादव नियुक्त

नेकपा एमाले मधेश प्रदेश सभामा संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा नियुक्त भएका छन् । नियुक्ति लगत्तै उनलाई शपथग्रहण गराइएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले पहिलो चरणमा एमालेका यादवलाई मन्त्री नियुक्त गरेका हुन् । यसअघि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री थिए । राजीनामा दिन नमानेपछि उनलाई बर्खास्त गरेर एमालेका यादवलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

काँग्रेसबाट मन्त्री रहेका आन्तरिक तथा सञ्चार मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्या वीरेन्द्र सिंहलाई पनि हटाइएको छ ।

टिप्पणीहरू