सुटुक्क नेपाल आएर फर्किए भारतीय मन्त्री

सुटुक्क नेपाल आएर फर्किए भारतीय मन्त्री

भारतका एकजना  मन्त्री सुटुक्क नेपाल आएर  फर्केका छन् । उनी हिजो आइतबार सुटुक्क आई आज गएका हुन् ।

लुम्बिनी प्रदेश, तराईको जिल्ला रुपन्देहीको बेलहियाबाट भैरहवा हुँदै  आएका केन्द्रीय सरकारका अर्थराज्यमन्त्री पंकज चौधरीले भैरहवामा उद्योगी ब्यवसायीलाई भने भेटेका छन् ।

उनी मन्त्रीको रुपमा नभई अनौपचारिक रुपमा पर्यटकका हिसाबले आएको रुपन्देहीस्थित  सुरक्षा निकायका प्रमुखले बताए । उनी मनकामनासम्म पुगेर फर्किएको बुझिएको छ । भारत फर्किनुअघि भैरहवामा राम थापाको निवासमा केहि उद्योगी व्यवसायीलाई समेत भेटेका थिए ।

उद्योगी व्यवसायीले निर्माणाधीन आईसिपी समयमा पुरा गराउन भारत सरकारको पहल आवश्यक रहेको भन्दै लिखित पत्रसमेत दिएका छन् ।

टिप्पणीहरू