चिनियाँ राजदूत अर्थ मन्त्रालयमा
अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रीसँगको भेटवार्ताका लागि राजदूत सोङ बिहान साढे १० बजेको समयमा सिंहदरबारस्थित अर्थ मन्त्रालय पुग्नुभएको थियो ।
उहाँहरुबीच करिब ४५ मीनेट कुराकानी भएको बताइन्छ । भेटमा दुई मुलुकबीचको आपसी सम्बन्ध र पारस्परिक सहयोगलाई थप मजबुत बनाउने सम्बन्धमा छलफल भएको बुझिएको छ ।
गत साता पनि अर्थमन्त्री पुनसँग राजदूत सोङले भेट गर्नुभएको थियो ।
टिप्पणीहरू