राष्ट्रियसभा कार्यव्यवस्थामा को-को ?

राष्ट्रियसभा कार्यव्यवस्थामा को-को ?
सुन्नुहोस्

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ ।  

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद र शेखरकुमार सिंहलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको हो । सो प्रस्तावलाई सांसदहरुले समर्थन जनाएका छन् । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम उनीहरुको नाम मनोनयन गरिएको अध्यक्ष दाहाल जानकारी दिनुभयो ।
 

टिप्पणीहरू