भीरमा खसेका मजदुरको शव निकालियो

भीरमा खसेका मजदुरको शव निकालियो
सुन्नुहोस्

कास्कीमा आज दिउँसो कामको सिलसिलामा भीरमा खसेका एक जना मजदुरको निधन भएको छ । शव सशस्त्र प्रहरी बल नेपालको टोलीले निकालेको बताइएको छ ।

माछापुच्छ«े गाउँपालिका १ मा रहेको करुवा सेती हाइड्रोपावरमा कार्यरत ५० वर्षीय यामबहादुर थापा अचानक भीरमा खसेका थिए । तीन सय मीटर तल खसेका उनको तत्काल मृत्यु भएपछि भीरमा अड्केको शव सशस्त्रको टोलीले झण्डै तीन घण्टाको प्रयासपछि निकालेको हो ।

गोरखाको सहिद लखन गाउँपालिका २ का थापाको शव नम्बर २४ कालिका गण कास्कीबाट खटिएको विशेष विपद् उद्धार टोलीले निकालेको थियो । शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा लगिएको छ ।

टिप्पणीहरू