दूतावासमा सुनाइयो पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश
काठमाडौंस्थित पाकिस्तानी दूतावासमा राष्ट्रिय झण्डा झण्डोत्तलन गरिएको छ । पाकिस्तानको ८४ औं राष्ट्रिय दिवसका अवसरमा दूतावास परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।
राजदूत अब्ररर एच हास्मीले झण्डोत्तलनपछि राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीको सन्देश पढेर सुनाउनुभएको दूतावासले जनाएको छ । राष्ट्रपतिले सन्देशमा स्वतन्त्र इस्लामिक मुलुकको स्थापनामा दूरदर्शी नेता मोहम्मद अलि जिन्हाको स्मरण गर्नुभएको छ ।
त्यस्तै प्रधानमन्त्री मोहम्मद शेहबाजले पठाउनुभएको सन्देशमा देश तथा विदेशमा रहेका पाकिस्तानी जनतालाई राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्दै पाकिस्तान शान्ति, समृद्धि र स्थायित्वको युगमा प्रवेश गरेको बताउनुभएको छ । कार्यक्रममा विदेशमन्त्री मोहम्मद इशाक दारले पनि स्वदेश तथा विदेशमा रहेका पाकिस्तानी जनतामा शुभकामना व्यक्त गर्नुभएको सन्देश वाचन गरिएको थियो ।
राजदूत हाश्मीले आफ्नो सम्बोधनमा मुस्लिम धर्मावलम्बीहरुको दृढ संकल्पले पाकिस्तानलाई समृद्ध बनाउने संघर्ष जारी राखेको उल्लेख गर्नुभयो ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान–नेपाल सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने लक्ष्य लिइएको छ ।’ कार्यक्रममा दूतावासका कर्मचारी, कर्मचारी परिवार, काठमाडौंमा रहेका पाकिस्तानी समुदाय र नेपाली मित्रहरुको उपस्थिति रहेको जनाइएको छ ।
टिप्पणीहरू