उपराष्ट्रपति इफ्तार डिनरमा
राजधानीमा इफ्तार डिनरको आयोजना गरिएको छ । ‘स्थायित्व नै काम र उपासना’ शीर्षकमा मुस्लिम धर्मावलम्बीहरुको वार्षिक इफ्तारको उपलक्ष्यमा आयोजना गरिएको डिनरमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको छ ।
होटल याक यान यतिमा नेपालका लागि संयुक्त अरब इमिरेट्सको दूतावास र नेपाल मुस्लिम आयोगले संयुक्त रुपमा रात्रीभोजको आयोजना गरेको बताइएको छ ।
रक्षामन्त्री हरिप्रसाद उप्रेती, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीलगायतको कार्यक्रममा उपस्थिति छ ।
टिप्पणीहरू