रास्वपाले ‘काठमाडौंको आँखामा कर्णाली’ मन्थन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘काठमाडौंको आँखामा कर्णाली’ मन्थन गर्ने भएको छ । यही बुधबार बिहान १० बजे नेपाल पर्यटन बोर्डमा सो कार्यक्रम हुने रास्वपाले जानकारी दिएको हो ।
कर्णालीका मुद्दाबारे सार्थक बहस गर्ने उद्देश्यले तीनमहिने अभियानको पहिलो बिन्दुका रुपमा ‘काठमाडौंको आँखामा कर्णाली’ आयोजना गर्न लागेको रास्वपाले बताएको छ ।
बहसमा सहभागी हुन चाहनेले फाराम भर्नुपर्नेछ । रास्वपाले गत फागुन ६ गते कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी तीनमहिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अभियानमा कर्णालीका मुद्दाहरुलाई संसदमा विशेष प्राथमिकताका साथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एंव कार्यक्रमहरुलाई व्यापक रुपमा अघि बढाइने रास्वपाको योजना छ ।
टिप्पणीहरू