परराष्ट्रमन्त्रीको बेइजिङमा भेटघाट शुरु

परराष्ट्रमन्त्रीको बेइजिङमा भेटघाट शुरु
सुन्नुहोस्

चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ राजधानी बेइजिङ पुग्नुभएको छ । 

बेइजिङको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ विदेश मन्त्रालयका डेपुटी डाइरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलगायतले स्वागत गर्नुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नौ दिने भ्रमणका लागि गएराति काठमाडौंबाट ग्वाङ्चौ हुँदै बेइजिङ जानुभएको  हो । 

उहाँले आज चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग भेट गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू