रोकिराखेको बससँग माइक्रो ठोक्किँदा आठ जना घाइते

रोकिराखेको बससँग माइक्रो ठोक्किँदा आठ जना घाइते

चितवनमा यात्रुवाहक माइक्रो बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आज बिहान भरतपुर महानगरपालिका–१, रामनगरस्थित मुग्लिङ–नारायणगढ राजमार्गमा चेकिङका लागि रोकिराखेको बससँग माइक्रो ठोक्किँदा तीन महिला र पाँच पुरुष घाइते भएका हुन् । 

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४८८८ नम्बरको यात्रु बोकेको बससँग सोही दिशामा जाँदै गरेको ग २ ख २२५ नम्बरको माइक्रो अनियन्त्रित भई ठोक्किएको थियो । 

दुर्घटनामा भरतपुरकी ४४ वर्षीया मिना सापकोटा, ४० वर्षे केशर साह, ४४ वर्षका मेकनजा तामाङ, ५३ वर्षीय हरिराम ढकाल, ५१ वर्षका धनुमाया ढकाल, ३० वर्षीय काशी उपरकोटी, ४७ वर्षे तुलबहादुर घले र २६ वर्षीया प्रीति रम्तेल घाइते भएको प्रहरीले जनाएको छ ।  

उनीहरुको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यस्तै, माइक्रो र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

टिप्पणीहरू