खाजा घरमा राजा फर्काउने छलफल

खाजा घरमा राजा फर्काउने छलफल
सुन्नुहोस्

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि काठमाडौँ केन्द्रित आन्दोलन घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तयारी तीब्र पारेको छ । 

चैत २७ गते काठमाडौँमा हुने बृहत जनप्रदर्शनलाई प्रभावकारी बनाउन पार्टीले उपत्यकाका तीनवटै जिल्लामा तयारी बढाएको छ । सोहीक्रममा आज कीर्तिपुर नगर समितिले आन्दोलन केन्द्रित छलफल तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको बताइएको छ । 

कीर्तिपुर नगरपालिका–१०, ट्याङ्लाफाँट चोकस्थित बिगमार्ट सिर्जु खाना घरमा आज बिहान भएको कार्यक्रममा प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही, राप्रपा कीर्तिपुर नगर समितिका अध्यक्ष जीतबहादुर विष्ट, काठमाडौं अध्यक्ष नवराज सिंखडालगायत उपस्थित थिए । 

पार्टी केन्द्रले घोषणा गरेको २७ गतेको जनप्रदर्शनलाई व्यापक बनाउने विषयमा छलफल भएको राप्रपा कीर्तिपुर नगर समितिले जनाएको छ ।

टिप्पणीहरू