दुर्गा प्रसाईं अर्कोसाता जुम्ला जाने, पूर्वराजा कर्णाली भ्रमणको तयारीमा

दुर्गा प्रसाईं अर्कोसाता जुम्ला जाने, पूर्वराजा कर्णाली भ्रमणको तयारीमा

पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली भ्रमणमा जानुहुने भएको छ । कर्णालीका आधा दर्जन जिल्लामा आफ्ना शुभचिन्तकसँग भेटघाट गर्न अर्कोसाता त्यता जाने कार्यक्रम बनाइएको बताइएको छ । 

त्यसका लागि पूर्वराजा ज्ञानेन्द्र आगामी साता काठमाडौँबाट नेपालगञ्ज शाहको सचिवालयले जनाएको छ । ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव कर्णाली क्षेत्रको केही जिल्लाहरुको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगञ्ज सवारी होइबक्सँदै छ’. सचिवालयले भनेको छ ।  

राजसंस्था पुनर्स्थापनाको नारा लिएर सडकमा उत्रिएका दुर्गा प्रसाईं नेतृत्वको समूहले चैत २२ गते जुम्लामा कार्यक्रम आयोजना गर्दैछ । पूर्वराजा शाह त्यहाँ सहभागी हुने तयारीका साथ कर्णालीको भ्रमणमा निस्कन लागेको कतिपयको अनुमान छ । 

प्रसाईंले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा छँदै गतवर्ष पूर्वराजा ज्ञानेन्द्र र पूर्वयुवराज पारसलाई झापामा उपस्थित गराएर ‘धर्म संस्कृति बचाऊ अभियान’ घोषणा गरेका थिए । त्यसपछि चर्को राजावादी बनेका उनले सार्वजनिक कार्यक्रममा पूर्वराजालाई उपस्थित गराउन गरेको प्रयास सफल भएको देखिँदैन ।
 

टिप्पणीहरू