स्वास्थ्यका माग बोकेर रास्वपा टोली मन्त्रालयमा

सुन्नुहोस्

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्यसँग सम्बन्धित विविध विषय समेटिएको पत्र सरकारलाई बुझाएको छ । 

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटेर आज सो पार्टीका नेताहरुले २६ बुँदे सुझाव पत्र बुझाएका हुन् । जसमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क कार्यक्रमको डुप्लिकेशनबाट अलग गर्नुपर्ने, इमर्जेन्सी स्वास्थ्य सेवालाई राज्यको पूर्ण दायित्वभित्र ल्याइनुपर्ने जस्ता मागसहितका सुझाव उल्लेख छ । 

स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै अझ सशक्त, सहज र पारदर्शी बनाउन स्वतन्त्र थिङ्कट्याङ्क गठन गर्नुपर्ने, तोकिएका औषधिको दायरा बढाउँदै मौज्दात सुनिश्चित गरिनुपर्ने, बिमित एवम् सेवा प्रदायकको सूचना तथा सञ्चारका लागि लागि तीन अंकको हटलाइनको व्यवस्था गर्ने काम अविलम्ब शुरु गर्न रास्वपाको माग छ ।

उपप्रधानमन्त्रीलाई सुझाव पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रका विद्यमान समस्या र त्यसको समाधानका लागि २६ बुँदे सुझाव पत्र बुझाएको जानकारी दिइन् । वीर अस्पतालमा आइसीयु र भेन्टिलेटरहरु खाली रहँदा पनि आमनागरिक भने त्यसको पहुँच बाहिर रहेको विषयमा स्वास्थ्यमन्त्री यादवको विशेष ध्यानाकर्षण गराएको उनले बताइन् ।

टिप्पणीहरू