फागु खेलेपछि कर्णालीमा हामफालेका शाहीको शव फेला

फागु खेलेपछि कर्णालीमा हामफालेका शाहीको शव फेला
सुन्नुहोस्

फागु पूर्णिमाको दिन चिसापानीस्थित कर्णाली नदीमा हाम फालेपछि बेपत्ता भएका लोकेन्द्र शाहीको शव फेला परेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय शाही सोमबारदेखि नदीमा बेपत्ता भएका थिए । 

आज टीकापुरको सन्कट्टी घाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार टीकापुरस्थित सन्कट्टीघाटमा शव फेला परेको हो । 

शाहीसहित त्यो दिन १७ जना कर्णाली पुलबाट फाल हालेका थिए । १६ जना सकुशल बाहिरिए तर उनी बेपत्ता भएकोमा आज शव फेला परेको हो ।

टिप्पणीहरू