सभामुखको कार्यकक्षमा बैठक

सभामुखको कार्यकक्षमा बैठक
सुन्नुहोस्

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दलका प्रमुख सचेतकहरुसँग छलफल राख्नुभएको छ । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहान ११ बजे बस्न लागेको बताइएको छ ।

सभामुखको सचिवालयका अनुसार आगामी संसद् बैठकका एजेण्डालगायत विषयमा छलफल गर्न लागिएको छ । 

सभामुख घिमिरे नौ दिन लामो विदेश भ्रमणपछि हिजो स्वदेश फर्कनुभएको थियो । उहाँ स्विटजरल्याण्डको जेनेभामा आयोजित अन्तरव्यवस्थापिक संघ (आईपीयु) को महासभामा सहभागी भएर फर्कनुभएको हो । सो क्रममा विमानस्थलमा उहाँले दलहरुबीचको सहमतिमै संसद बैठक चल्ने बताउनुभएको थियो ।

सभामुखको टोलीमा काँग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकसहित नौ जना थिए ।
 

टिप्पणीहरू