पोखरामा अनौठो दुर्घटना

पोखरामा अनौठो दुर्घटना

-यदुनाथ बन्जारा 

पोखरा महानगरपालिकाको लेखनाथ अर्घौ अर्चलेबाट आइरहेको यात्रुबाहक  बस अनौठो दुर्घटनामा परेको छ । ओरालो सडकबाट झरिरहेको बेगनास यातायातको ग १ ख ८६८० नम्बरको बस ब्रेक फेल हुन जाँदा दुर्घटनामा परेको डाँडाको नाक ट्राफिक  पोस्टका प्रहरी सुदिप बिश्वकर्माले घटनास्थलबाट बताएका छन् ।

दुर्घटना भएको बस धरहरा जसरी ठडिएको अवस्थामा उभिएर रोकिएको छ । माथिल्लो सडकबाट खसेको उक्त बस तल्लो सडकमा आएर टाउको टेकी ठिङ्ग उभिएको अवस्थामा  रहेको छ ।बसमा चालक र सहचालक मात्र रहेका र उनीहरु सामान्य घाइते भएका छन् । उनीहरुको पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा उपचार  भैरहेको छ  ।

यो दुर्घटनाको तस्बिरले अचम्मित बनाएको छ । झण्डै ३८ फुट लामो बस ७ फुट चौडाइको टाउकोमा धानिएर उभिनुलाई अनर्थ मानिएको छ  ।  पिच सडकमा धरहरा जस्तै ठडिएको उक्त बसको फोटोले सामाजिक सन्जाल रङ्गिएको छ । चालकको उपचारपछि यो कसरी हुन गयो भन्ने बारेमा बिस्तृत जानकारी खुल्ने छ ।

टिप्पणीहरू