चट्याङबाट अचेत अस्पतालमा, रुखले च्यापिएका चालकको निधन

चट्याङबाट अचेत अस्पतालमा, रुखले च्यापिएका चालकको निधन
सुन्नुहोस्

हिजो बेलुकी एक्कासी आएको हावाहुरी, असिना पानी र चट्याङले जनधनको क्षति भएको छ । असिना पानीले सुर्खेत, दोलखामा बालिनाली, तरकारी, जडिबूटी नष्ट पारेको छ ।

हुरी बतासले रुख ढालेपछि पाल्पामा एक जना स्कुटर चालकको च्यापिएर ज्यान गएको छ । तानसेन ८, जरेपिपलमा सडकमा गुडिरेको स्कुटरमाथि रुख ढलेपछि चालक तानसेन कैलाशनगरका २० वर्षे भुवन सिंजालीको घटनास्थलमा मृत्यु भएको बताइएको छ । त्यसैगरी अन्य मोटरसकलमा रहेका तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

यता, काभ्रेपलाञ्चोकको बनेपामा हिजो चट्याङ लागेका एक जनालाई शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । सडकमा अचेत अवस्थामा ढलेका उनलाई तत्काल अस्पताल पुर्याइएको थियो ।

टिप्पणीहरू