रास्वपा छोडेका रमेश खरेल मातृभूमिमा सामेल

रास्वपा छोडेका रमेश खरेल मातृभूमिमा सामेल
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल नवगठित 'राष्ट्रिय मातृभूमि पार्टी'मा आवद्ध भएका छन् । 

रास्वपा छोडेको एक सातामै उनी यसअघि आफैँ अध्यक्ष रहेको नेपाल सुशासन पार्टीसमेत मिलेर बनेको नयाँ दलमा सामेल भएका हुन् । नेपाल आमा पार्टी, नेपाल सुशासन पार्टी, नयाँ पार्टी नेपाल र राजनीतिक, सामाजिक अभियन्ताहरु मिलेर बनेको 'राष्ट्रिय मातृभूमि पार्टी'बारे जानकारी दिन आज रिपोर्टस क्लवमा आयोजित पत्रकार सम्मेलनमा खरेल उपस्थित भए । 

राष्ट्रियता, जनतन्त्र, सुशासन, संमृद्धि र नेपालवादलाई आदर्श बनाएर राष्ट्रिय मातृभूमि पार्टी स्थापना गरिएको सोक्रममा जानकारी दिइयो ।  

खरेल आफैँ नेतृत्वको नेपाल सुशासन पार्टी छोडेर गत वर्ष रास्वपामा प्रवेश गरेका थिए । त्यसलगत्तै बैशाखमा सम्पन्न उपचुनावमा बारा-२ बाट उम्मेदवार बनेका उनले अघिल्लो साता रास्वपा छोडेका थिए ।
 

टिप्पणीहरू