रविलाई नैतिक र मलाई गणतान्त्रिक शिक्षाको जानकारी धेरै छ : सुदन किराँती

सुन्नुहोस्

पूर्वमन्त्री तथा माओवादी नेता सुदन किराँतीले वर्तमान राजनीतिलाई सुक्ष्म ढंगले विश्लेषण गरेका छन् । अघिल्लो क्याबिनेटमा रहेका माओवादी मन्त्रीहरुमध्ये पछिल्लो पटक उनीमात्रै हटाइएपछि किराँती जिल्ला र राजधानीका राजनीतिक भेटघाटमा व्यस्त हुन थालेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गर्नुपर्ने तपाईंहरुको बाध्यता कि रहर ?’ भन्ने प्रश्नमा अहिल्यै समीक्षा गरेर भन्न नसकिने उनको तर्क छ । प्रतिपक्ष भएको हिसाबले नेपाली काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्नु स्वाभाविक रहेको उनको धारणा छ । 

भन्छन्, ‘रविजी नैतिक शिक्षामा हामीभन्दा अगाडि हुनुहुन्छ । हिजो पत्रकार हुँदा नेताहरुलाई नैतिक शिक्षा सिकाउनु भएकै हो । आज उहाँ उत्तर दिने ठाउँमा हुनुहुन्छ, उहाँको नैतिकता के हो, मभन्दा उहाँलाई नै बढी थाहा छ । नैतिक शिक्षा उहाँलाई थाहा छ, गणतन्त्रको शिक्षा मलाई थाहा छ ।’

टिप्पणीहरू