परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल टेक्नासाथ बोल्ने

परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल टेक्नासाथ बोल्ने
सुन्नुहोस्

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गर्न लाग्नुभएको छ ।

चीन भ्रमणबाट फर्कन लाग्नुभएका उहाँले बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग भेटघाट गर्न लाग्नुभएको बताइएको छ ।

श्रेष्ठ एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको छन्तुबाट फर्कने कार्यक्रम छ । 

भ्रमणका क्रममा उहाँले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग बेइजिङमा भेटवार्ता गर्नुभएको थियो ।

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्नुभयो । त्यस्तै बेइजिङमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । 

बेइजिङबाट उहाँ छोङछिङ,ल्हासा, मानसरोबर र छन्तुको अवलोकनपछि आज काठमाडौं फर्कन लाग्नुभएको हो । उपप्रधानमन्त्रीले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि हिजै भेट गर्नुभएको छ ।

उहाँ चैत १२ गते चीन जानुभएको थियो ।
 

टिप्पणीहरू