महासचिवद्वारा बैठक आह्वान, अध्यक्षद्वारा निश्कासन

महासचिवद्वारा बैठक आह्वान, अध्यक्षद्वारा निश्कासन

नागरिक उन्मुक्ति पार्टीभित्रको किचलो उत्कर्षमा पुगेको छ । संरक्षक तथा श्रीमान रेशम चौधरी र अध्यक्ष तथा श्रीमती रञ्जिता श्रेष्ठ चौधरीबीचको कलहले पार्टी फुटको संघारमा पुगेको छ ।

हिजो पार्टी कार्यालयमा दुई पक्षका नेता तथा कार्यकर्ताबीच हात हालाहाल भएको थियो । हिजै अध्यक्ष रञ्जिताले बागमती प्रदेश कमिटीका अध्यक्षलाई निश्कासन गरेकी छन् । बैठक भइरहेको अवस्थामा केन्द्रीय सदस्यहरु रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरेको आरोपमा प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई निश्कासन गरिएको हो ।

यता महासचिव गंगाराम चौधरीले आगामी शुक्रबार र शनिबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । पार्टी कार्यालयमा बिहान ११ बजे डाकिएको बैठकमा सदस्यहरुलाई सक्कल नागरिकता र मतदाता परिचयपत्रसहित उपस्थित हुन सूचित गरिएको छ ।

टिप्पणीहरू