बागमतीमा एमालेका चार मन्त्री थपिँदै
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो नेतृत्वको सरकारमा नेकपा एमालेका तर्फबाट चारजना मन्त्री थप्न लागेका छन् ।
आज दिउँसो सपथ ग्रहण र त्यसअघि नियुक्त गर्न लागिएकामा प्रकाश श्रेष्ठ, केशव पोखरेल, एकलाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ हुन् । प्रकाशलाइ उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र केशवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिन लागिएको छ।
त्यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई नियुक्त गर्न लागिएको छ । एमालेबाट यसअघि आर्थिक मामिला मन्त्रीको रूपमा जगन्नाथ थपलिया सरकारमा छन् ।
बागमतीमा एकजना विना विभागीय मन्त्रीसहित १३ सदस्यीय मन्त्रीमण्डल बन्न लागेको छ । माओवादीबाट मुख्यमन्त्रीसहित चार, एमालेबाट पाँच, समाजवादीवाट तीन र हाम्रो नेपाली पार्टीबाट एकजना मन्त्री बनेका छन् । समाजवादीका एक जना विनाविभागीय हुन् ।
टिप्पणीहरू