बैदेशिक लगानी भित्राउन कानुन संशोधनमा जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैदेशिक लगानी भित्राउन नेपालमा अनुकूल वातावरण छ भन्ने संदेश दिन सक्नुपर्ने बताउनुभएको छ ।
आज लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले लगानीकर्ताले महसुस गर्नेगरी लगानीको वातावरण छ बनाउनुपर्नेमा पनि जोड दिनुभयो । पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई सरकारले प्राथमिकता दिएको
'लगानी सम्मेलनको पूर्वसन्ध्यामा यो बैठक गरिरहेका छौँ, यो बेलामा हाम्रा संयन्त्रहरूले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक छ', उहाँले भन्नुभयो, 'हाम्रो सेवा प्रवाह स्पष्ट, छिटो–छरितो हुन आवश्यक छ । मन्त्रालय, विभाग र कार्यालयहरू परिणाममुखी हुनुपर्यो । सरकारी निकायहरूको काम परिणाममुखी छन् भन्ने विषय लगानीकर्ताले थाहा पाउनुपर्यो ।'
बोर्डले परम्परागत र सामान्य उपलब्धि दिनेगरी कार्य गरेर नपुग्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले बदलिँदो परिस्थितिअनुसार चल्न सक्नुपर्नेमा जोड दिनुभयो ।
'छोटो समयमा देशको द्रूततर आर्थिक बृद्धि तथा रूपान्तरणकारी पूर्वाधार निर्माण गरेर जनतामा आशाको सञ्चार हुनेगरी परिणाम दिनुपर्छ', प्रधानमन्त्रीले भन्नुभयो, 'बोर्डबाट पास भैसकेपछि निर्णयहरू परिणाममुखी बनाउन सदस्यज्यूहरूको स्वामित्व आवश्यक हुन्छ, यसका लागि अतिरिक्त पहलकदमी लिनुहुनेछ ।'
देशभित्र सार्वजनिक–निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पिपिपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशित गर्नुभयो ।
उहाँले सार्वजनिक–निजी साझेदारीका परियोजनामा परिणाममा आधारित ढाँचामा कसरी काम गर्ने भन्ने विषयमा सरकारका अन्य निकाय तथा प्रदेश र स्थानीय तहलाई समेत विशेषज्ञता प्रदान गर्नुपर्ने बताउनुभयो ।
टिप्पणीहरू