दोहास्थित नेपाली दूतावास बुधबार र बिहीबार बन्द

दोहास्थित नेपाली दूतावास बुधबार र बिहीबार बन्द

कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उल फित्रको अवसरमा चैत २८ र २९ गते दूतावास बन्द हुने जानकारी दिइएको छ ।

‘इद उल फित्रको पावन अवसरमा आगामी २०८० चैत २८ गते बुधबार र २९ गते बिहिबार तदनुसार १० र ११ अप्रिल २०२४ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ दूतावासद्वारा जारी सूचनामा उल्लेख छ ।

आगामी शुक्रबार एक दिन खुलेपछि दूतावास शनिबार तथा नयाँ वर्षको दिन र भोलिपल्ट आइतबार पनि लगातार बन्द हुने छ ।

टिप्पणीहरू