धादिङका दुई जना समुद्रमा डुबे, एकको मृत्यु अर्का बेपत्ता

धादिङका दुई जना समुद्रमा डुबे, एकको मृत्यु अर्का बेपत्ता

पोर्चुगलमा समुद्रमा डुबेका दुई जना नेपालीमध्ये एकको मृत्यु भएको छ ।  अर्का बेपत्ता रहेको बताइएको छ ।

स्थानीय मोन्तिजो नजिकैको समुद्रमा पसेकामध्ये धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ । ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता छन् । 

धनबहादुरको शव हिजो समुद्रमा फेला परेको हो भने टेकबहादुर बेपत्ता छन् । उनीहरुसहित चार जना समुद्री जीवको खोजीमा समुद्रमा पसेका थिए ।

धनबहादुर गत वर्ष फ्रान्स हुँदै पोर्चुगल पुगेका थिए भने टेकबहादुर पनि १८ दिनअघि मात्रै पोर्चुगल गएका हुन् । उनीहरु दुवैजना नाताले काकाभतिज रहेको बुझिएको छ ।

टिप्पणीहरू