राष्ट्रपति सेनाको हेलिकोप्टरमा पूर्वतिर
राष्ट्रपति रामचन्द्र पौडेल सिरहा, सप्तरी र उदयपुरमा आयोजित विविध कार्यक्रममा सहभागी हुन बिहानै त्यसतर्फ जानुभएको छ । उहाँ नेपाली सेनाको ९ एन आरएएम अगुष्टा कल साइन भएको हेलिकोप्टरमा राष्ट्रपति भवन नजिकैको लक्ष्मी निवासस्थित हेलिप्याडबाट त्यता उड्नुभएको बताइएको छ ।
राष्ट्रपति पौडेल सबैभन्दा पहिले सप्तरीको छिन्नमस्ता भगवतीको दर्शनमा जानुभएको हो । त्यसपछि १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा सहभागी भएपछि अपरान्ह राजधानी फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू