कार दुर्घटनामा बालक बिते, छ जना घाइते

कार दुर्घटनामा बालक बिते, छ जना घाइते

अर्घाखाँचीमा भएको सवारी साधन दुर्घटनामा घाइते सातमध्ये एकजना बालकको निधन भएको छ । पाणिनी गाउँपालिकामा भएको कार दुर्घटनामा घाइते ६ वर्षीय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

उनको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको हो । सुपा देउराली दर्शनपछि पोखरा जाँदै गरेको ग.३ च ४५७४ नम्बरको कार पाणिनी ८ कोलडाँडामा आज बिहान दुर्घटनामा परेको थियो । घाइतेमध्ये अर्घाखाँची भूमिकास्थान नगरपालिका –८ किमडाँडाका बालको ज्यान गएको छ । 

घाइते भएका भूमिकास्थान नगरपालिका ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, छोरी ईभान्सी, पोखराकी ३० वर्षीया सविता अधिकारी, पोखराकै १५ वर्षे प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षका जेशन बस्नेतको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू