भारतीय बाबाको स्वागतमा प्रहरीको ब्याण्डबाजा, सशस्त्रको उच्च सुरक्षा

भारतीय बाबाको स्वागतमा प्रहरीको ब्याण्डबाजा, सशस्त्रको उच्च सुरक्षा

सुनसरीको चतराधाम पुगेका भारतीय बाबाको भव्य स्वागत गरिएको छ । हेलिकोप्टरबाट उत्रिएपछि उनलाई नेपाल प्रहरीको ब्याण्ड बाजासहित स्वागत गरिएको छ । 

गुडिरहेको जिपको छतबाट हात जोड्दै हिँडेका बाघेश्वर धामका पिठाधिश पण्डित धीरेन्द्रकृष्ण शास्त्रीलाई सशस्त्र प्रहरी बलको टोलीले उच्च सुरक्षा दिएको थियो । उनी सवार सवारी साधनलाई आधा दर्जन संख्यामा रहेका भारतीय सुरक्षा गार्डलाई घेरेर सुरक्षा दिएका हुन् ।

उनी आजै बिहान नयाँ दिल्लीबाट भिस्तारा एअरको उडान नम्बर युके १५७ मा काठमाडौं आएका थिए । त्यसपछि माउन्टेन हेलिकोप्टरमा साढे ११ बजे त्यसतर्फ गएका हुन् ।
 

टिप्पणीहरू