माेहन वैद्यको पार्टी फुटकाे संघारमा
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल पार्टी एकता भएको एक वर्ष नपुग्दै फुटको संघारमा पुगेको छ । पूर्णबहादुर सिंह समरजंगको नेतृत्वमा उक्त पार्टीभित्र दुई लाइन संघर्षले उत्कर्ष रुप लिएको बताइन्छ । उनले कट्टरपन्थी विचारवादी र अनुभववादी समस्याहरुबाट पार्टीलाई मुक्त गरिनुपर्ने भन्दै ७ बुँदे असहमतिपत्र नै गत पुस ४ गते अध्यक्ष किरणलाई पेश गरी बहस चलाइरहेका छन् ।
उनी अखिल (क्रान्तिकारी) का पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य हुन् । उनले नेत्रविक्रम चन्द विप्लवलाई कारबाही गरी धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टी बनाउन मुख्य भूमिका खेलेका थिए ।
एक केन्द्रीय सदस्यले भने, ‘नेकपा (मसाल) बाट अनुशासनको कारबाहीमा परेका सन्तबहादुर नेपालीहरुको समूहलाई एकताका नाममा प्रवेश गराइँदैछ । उक्त समूहसित वार्ता टोलीले (१) माओ विचारधारा कि माओवाद ? (२) दश वर्षे जनयुद्ध सही थियो कि गलत थियो ? (३) जनवाद कि वैज्ञानिक समाजवाद ? (४) सामन्तवाद कि पुँजीवाद र (५) सङ्घीयता आवश्यकता हो कि होइन ? भनेर खुल्ला छलफलमा लैजाने गरी उक्त पार्टीसँग एकता गर्न लागिएको कुराले हामीलाई आश्चर्यचकित बनाएको छ ।
‘२०८० असोज महिनायता केन्द्रीय समितिको बैठक बस्न नसकेको तथा वैद्यले क्रान्तिका नाममा कार्यकर्ताहरुलाई अल्मल्याउँदै आएका छन् । आगामी जेठमा सम्पन्न हुने भनिएको एकता महाधिवेशन पनि सारिएको छ । जेठमा हुनुपर्ने महाधिवेशनले पार्टीको फौजी कार्यदिशा पारित गरेर जनमुक्ति सेना निर्माण गर्ने, पार्टीको कार्यदिशा, विद्रोही संगठन बनाउने, पार्टीलाई भूमिगत शैलीमा ढाल्ने र पार्टीको कार्यक्रम जनताका बीचमा पुर्याउनका लागि संयुक्त क्रान्तिकारी मोर्चा निर्माण गरी अगाडि बढ्नुपर्ने बेलामा पार्टी एकता गरेको छ महिनापछि २०८० असोजमा बैठक बसेको थियो । त्यसपछि अहिलेसम्म केन्द्रीय समितिको बैठक समेत नबसेर पार्टीलाई निष्क्रिय बनाइएको छ ।’
पछिल्लो समय प्रवक्ता धर्मेन्द्र बास्तोला कञ्चनलाई विप्लवले पार्टी सदस्य पनि नरहने गरी कारबाही गरेको, हेमन्तप्रकाश वली सुदर्शनलाई प्रचण्डले साँस्कृतिक कारबाही गरेपछि न्युक्लियस बनाएर विप्लवसँग एकता गरेता पनि विप्लवले पनि उनलाई भ्रष्टाचार गरेको र गुटबन्दी चलाएको भन्दै कारबाही गरेका थिए । अहिले पार्टीभित्र उनीहरूलगायतका नेताहरूलाई विचारविहीन, स्वार्थी, अवसरवादी, आर्थिक र सांस्कृतिक विचलनकारी भनेर आरोप लागिरहेको छ ।
काठमाडौंको मीनभवनस्थित गणेशलाल अवालेको जग्गा कारोबार मिलाउने भन्दै सुदर्शनलाई साथ दिएका पूर्व जनमुक्ति सेना,नेपालका पाँचौं डिभिजन सहकमाण्डर, पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा युवाका फ्याक्सन इञ्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ ले एक लाख लिएका थिए । उक्त पैसा लिएको थाहा पाएर सुदर्शन र दिपकबीचको झगडाले उत्कर्ष रुप लिएपछि काठमाडौं जिल्ला इञ्चार्ज पुष्कर श्रेष्ठको निर्देशनमा उक्त जग्गा कब्जा घोषणा भएको थियो । दिपक चलाउनेलाई विप्लवले प्रतिबन्धका बेला बर्दिया–बाँके लगायतका ठाउँमा उत्पादन र श्रम गर्ने भन्दै चन्दाबाट उठाईएको पैसाले बिघौँ जग्गासमेत नामसारी गरिदिएका थिए ।’
पार्टीको पथप्रदर्शक सिद्धान्त माओवाद नमान्ने, १० वर्षे ‘जनयुद्ध’ लाई आतङ्ककारी गतिविधि भएको बताउँदै आएका रामसिंह श्रीसलाई केन्द्रीय स्कुलिङ विभागको संयोजक र हेमन्तप्रकाश वलीलाई मार्क्सवादी प्रशिक्षक बनाइएको छ । सीताराम तामाङको नेतृत्वमा चन्दा सङ्कलन टोली बनाई त्यसलाई परिचालन गरी लाखौँ चन्दा असुली गर्ने, विप्लव नेतृत्वको नेकपा छँदा चन्दा आतङ्क फैलाउन सहयोग गरेका कार्यकर्ताहरुलाई लिएर वलीले तिनै युवाहरुलाई प्रयोग गरेर कालो मोसो दल्दै चन्दा असुल्ने कार्य गरिरहेका छन् भन्ने विषय पनि उठ्ने गरेको छ ।
लेनदेनकै विषयलाई लिएर काठमाडौंको मीनभवनस्थित गणेशलाल अवालेको जग्गा कारोबार मिलाउने भन्दै सुदर्शनलाई साथ दिएका पूर्व जनमुक्ति सेना,नेपालका पाँचौं डिभिजन सहकमाण्डर, पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा युवाका फ्याक्सन इञ्चार्ज उदयबहादुर चलाउने ‘दिपक’ ले एक लाख लिएका थिए । उक्त पैसा लिएको थाहा पाएर सुदर्शन र दिपकबीचको झगडाले उत्कर्ष रुप लिएपछि काठमाडौं जिल्ला इञ्चार्ज पुष्कर श्रेष्ठको निर्देशनमा उक्त जग्गा कब्जा घोषणा भएको थियो । दिपक चलाउनेलाई विप्लवले प्रतिबन्धका बेला बर्दिया–बाँके लगायतका ठाउँमा उत्पादन र श्रम गर्ने भन्दै चन्दाबाट उठाईएको पैसाले बिघौँ जग्गासमेत नामसारी गरिदिएका थिए ।’
अध्यक्ष किरणकै छोरी अष्ट्रेलिया, धर्मेन्द्रका छोरा पार्टी विभाजन नहुँदा चीनमा अध्ययन, अहिले व्यापार गर्न जापान, केन्द्रीय कार्यालय सदस्यहरु सीपी गजुरेलकी छोरी फ्रान्स, हरिभक्त कँडेल प्रतीककी छोरी अमेरिका, रामसिंह श्रीसका छोरा–बुहारी जापान, सीताराम तामाङका छोरा–बुहारी अमेरिका, इन्द्रमोहन सिग्देलका छोरा–बुहारी अष्ट्रेलिया, परि थापाका छोरा–बुहारी अमेरिकामा छन् । केन्द्रीय सचिवालय सदस्यहरु धनेश्वर पोख्रेलका छोराबुहारी अमेरिका र नातिनी अष्ट्रेलिया, चक्रपाणी शर्माको छोरा अमेरिका, दुईवटी छोरीहरू अष्ट्रेलिया, केशबहादुर परियारका छोरा–बुहारी अमेरिका, डा. जगदीशचन्द्र भण्डारीका छोरा–बुहारी अमेरिका, हस्तबहादुर केसीका छोरा–बुहारी अमेरिकामा छन् । केन्द्रीय सदस्यहरु इन्दिरा अधिकारीकी छोरी अमेरिका, गौरी देवकोटा दाहालकी छोरी अमेरिकामा छन् ।
अध्यक्ष किरणकै छोरी अष्ट्रेलिया, धर्मेन्द्रका छोरा पार्टी विभाजन नहुँदा चीनमा अध्ययन, अहिले व्यापार गर्न जापान, केन्द्रीय कार्यालय सदस्यहरु सीपी गजुरेलकी छोरी फ्रान्स, हरिभक्त कँडेल प्रतीककी छोरी अमेरिका, रामसिंह श्रीसका छोरा–बुहारी जापान, सीताराम तामाङका छोरा–बुहारी अमेरिका, इन्द्रमोहन सिग्देलका छोरा–बुहारी अष्ट्रेलिया, परि थापाका छोरा–बुहारी अमेरिकामा छन् । केन्द्रीय सचिवालय सदस्यहरु धनेश्वर पोख्रेलका छोराबुहारी अमेरिका र नातिनी अष्ट्रेलिया, चक्रपाणी शर्माको छोरा अमेरिका, दुईवटी छोरीहरू अष्ट्रेलिया, केशबहादुर परियारका छोरा–बुहारी अमेरिका, डा. जगदीशचन्द्र भण्डारीका छोरा–बुहारी अमेरिका, हस्तबहादुर केसीका छोरा–बुहारी अमेरिकामा छन् । केन्द्रीय सदस्यहरु इन्दिरा अधिकारीकी छोरी अमेरिका, गौरी देवकोटा दाहालकी छोरी अमेरिकामा छन् ।
स्रोतका अनुसार ‘असोजमा सम्पन्न बैठकमा किरणले पेश गरेको दस्तावेजमा असहमति जनाएका केन्द्रीय कार्यालय सदस्य रामश्रीस पक्षधर प्रेम सुवेदी इञ्चार्ज रहेको लुम्बिनी प्रदेशमा पनि विवाद उत्कर्षमा पुगेको छ । गत मंसिरमा सम्पन्न प्रदेश बैठकमा विधि र प्रक्रिया नै नपुर्याई स्वेच्छाचारी निर्णय गरेको भन्दै ठूलो विवाद भएको थियो । उक्त विवाद समाधानका निमित्त केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक गतिको नेतृत्वमा केन्द्रीय कार्यालयमै पुगी उजुरी गर्ने काम भएको थियो । प्रदेश कमिटी सहसंयोजक तथा केन्द्रीय सचिवालय सदस्य समीरलगायत नेताहरूले लिखित रुपमै आत्मालोचित गरेको सर्कुलर पठाएपनि पुनः विवाद बढेको छ । उक्त प्रदेशमा अहिले पाल्पा जिल्ला संयोजक मुक्ति गैरे दिग्दर्शनको नेतृत्वमा ३२ जना प्रदेश कमिटी सदस्यले लिखित रुपमै हस्ताक्षर गरी प्रदेश संयोजक श्यामबहादुर बोहोरा अटललाई ८ बुँदे पत्र बुझाउने काम भएको छ ।’
पूर्णबहादुर सिंह समरजंगले किरणलाई २०८० पुस ४ गते दिएको सात बुँदे सुझाव पत्र जस्ताको त्यस्तै :
‘(१) विचारको रक्षा र विकास त्यसको प्रयोगमा हुन्छ । विचारको सही प्रयोगले मात्र क्रान्ति सम्पन्न तथा त्यसको रक्षा र विकास सम्भव छ । केवल त्यसको व्याख्या र विश्लेषणले विचारवादी र कट्टरतावादीबाहेक केही बनाउँदैन । यद्यपि आज शास्त्र र जनताबीच ठूलो खाडल देखिन्छ । पार्टीमा विद्यमान कट्टरतावादी, विचारवादी र अनुभववादी समस्याबाट पाटीलाई मुक्त गरिनुपर्दछ ।
(२) निरन्तर क्रान्ति भनेको पुस्ता र दरपुस्ताले गर्ने मात्र होइन, एउटा क्रान्तिलाई नयाँ क्रान्तिले पछ्याउनु हो । युगीन आवश्यकता निर्णायक क्रान्तिको हो । त्यसका खातिर आजको नवीन युगमा क्रान्तिको वैज्ञानिक कार्यदिशा, रणनीति, कार्यनीति, कार्ययोजना, कार्यक्रम निर्माण र कुशलतापूर्वक कार्यान्वयन जरुरी छ । क्रान्तिकारी गतिशीलता र सिर्जनशीलताले मात्र पार्टीमा विद्यमान यथास्थिति, अन्योल र निराशालाई नयाँ आशा, विश्वास र क्रान्तिमा बदल्न सकिन्छ ।
(३) २०८० साल असोज १६–२२ को केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकको म्यान्डेटअनुरूप पार्टीको एकताको नवौं महाधिवेशन यसै वर्षभित्र सम्पन्न गरी ‘एक पार्टी तीन गुट’ को स्थितिले पार्टीलाई गुटहरूको महासंघमा परिणत गरेको छ । त्यसको समाधानका लागि सच्चा कम्युनिष्टहरूको कम्युनिष्ट पार्टीमा रूपान्तरणमा जोड दिनुपर्दछ ।
(४) पार्टीलाई विचार र भावनात्मक रूपमा एकतावद्ध गर्न विधि र पद्धतिमा सञ्चालन गरिनुपर्दछ । पार्टीमा गुटबन्दीले उत्पन्न गरेको आफ्ना खोज्ने, रोज्ने र पोस्ने प्रवृत्तिले कोही बहुजिम्मेवारी र कोही जिम्मेवारी एवम् भूमिकाविहीनको स्थिति अन्त्य गरेर दुई पार्टीवीच भएको एकताको मर्म र भावनाअनुरूप एक व्यक्ति एक जिम्मेवारीको भूमिका ठोस गरी केन्द्रीय कार्यालय, केन्द्रीय सचिवालय र केन्द्रीय समितिमा समान सदस्य संख्या कायम गरिनुपर्दछ ।
(५) जबस मोचाको ठोस भूमिका, पार्टी र जवस मोर्चाबीच अन्तरसम्वन्धसम्बन्धी अवधारणा, मुख्य जवस मोर्चाको साधारण शाखा र शाखा गठन, जबस मोर्चाको भेला सम्मेलनमार्फत सुदृढीकरण र पार्टीको शुद्धीकरण गरिनुपर्छ । समस्याको सही पहिचानले मात्र वैज्ञानिक समाधान सम्भव हुन्छ भन्ने मान्यताअनुरूप देश र जनताका तात्कालिक र दीर्घकालीन समस्याहरूको सूचीकृत, माग र सशक्त आन्दोलनको दिशामा अघि बढ्दै पार्टीलाई अन्तरसंघर्षमा होइन, वर्गसंघर्षमा होम्नु पर्दछ ।
(६) आज पार्टीमा मौलाइरहेको माथि प्रतिष्ठा, बीचमा व्यवस्थापन र तल मुनाफाको लडाईं गर्ने प्रवृत्तिले कम्युनिष्ट आदर्श, मूल्य र मान्यता कमजोर बनिरहेको छ । त्यसले विश्वास, समर्पण र बलिदानको संस्कार र संस्कृति कमजोर भइरहेको छ । पार्टीमा राजनीति भनेको राष्ट्र, जनता र कान्तिप्रतिको उत्तरदायी बन्ने आदर्श हो । त्यसका लागि केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण पार्टीमा पेस गर्ने । पार्टी र क्रान्तिका नाममा संकलन गरिएको आर्थिक व्यक्तिको व्यवस्थापनका लागि होइन, क्रान्तिको तयारीमा लगाइनु पर्दछ ।
(७) पार्टीमा जनवादी केन्द्रीयताको प्रवचन, व्याख्या र विश्लेषण मात्र बढी भइरहेको छ । त्यसको सही प्रयोग गरिनुपर्छ । व्यक्ति संगठनको मातहतमा होइन, व्यक्तिको नियन्त्रणमा पार्टी नै लिन खोज्ने प्रवृत्तिको अन्त्य तथा सामूहिक नेतृत्व प्रणाली लागू र नेता मालिक र कार्यकर्ता दासजस्तो बनाउने तथा कार्यकर्ताको वस्तुकरण गर्ने अवस्थाको अन्त्य हुनुपर्छ। नेता–कार्यकर्ताको परिवारको राजनीतीकरण, सही विचार र कार्यशैलीले मात्र जनतालाई पार्टी र क्रान्तिप्रति आकर्षित, संगठित र आन्दोलित गर्ने बलशाली विश्वास पैदा गर्दछ, आदि ।
अन्त्यमा, आदरणीय कमरेड अध्यक्षले पार्टीमा देखिएका यस्ता जटिल समस्या समाधान गर्न अविलम्ब विशेष पहल लिनुहुनेछ भन्ने पूर्ण अपेक्षा छ ।’
टिप्पणीहरू