सन्दिपद्वारा बलात्कृत भनिएकी युवतीको खास जन्ममिति कुन होला ?

सन्दिपद्वारा बलात्कृत भनिएकी युवतीको खास जन्ममिति कुन होला ?
सुन्नुहोस्

उच्च अदालत,पाटनले क्रिकेटर सन्दिप लामिछानेबाट बलात्कार पीडित भनिएकी गौशाला २६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र प्रमाणपत्र प्रतिलिपि प्राप्तिका लागि दिइएको निवेदनको सक्कल प्रति माग गरेको छ । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले नुवाकोटको तादी गाउँपालिका -२ कार्यालयबाट गौशाला २६ को जन्मदर्ताको प्रमाणित प्रतिलिपि र प्रमाणपत्र प्रतिलिपि प्राप्तिका लागि दिइएको निवेदनको सक्कल प्रति मगाउन आदेश दिएको छ । 

‘तादी गाउँपालिका २ नम्बर वडा कार्यालयबाट च.नं. २७६, मिति २०७९–०७–२९ को पत्र एवम् च.नं. ७१२, मिति २०८०–०२–०९ को पत्रबाट परिवर्तित नाम गौशाला २६ (६)(१) ले जन्ममिति २०६२–०२–१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकोले मिति २०७९–०३–१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनी जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवं च.नं. ७१२, मिति २०८०–०२–०९ को पत्रसाथ संलग्न भएको भनिएको मिति २०७५–०९–१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट अविलम्ब माग गरी नियमानुसार पेश गर्नुहोला’, आदेशमा भनिएको छ ।  

गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । पुस २५ गते अदालतले उनलाई ८ वर्षको जेल सजाय र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनायो । लामिछानेले उक्त फैसला बदरको माग गर्दै फागुन १० गते उच्चमा पुनरावेदन गरेपछि ती कागजातको सक्कलप्रति माग भएको हो ।

टिप्पणीहरू