अमेरिकी वायुसेनाको विमान र टोली दिनहुँ काठमाडौंमा
अमेरिकी वायुसेनाको अर्को टोली हिजो काठमाडौं आइपुगेको छ ।
कल साइन सिएटीए १०१ को डिप्लोम्याटिक उडानका लागि आएको भनिएको विमानमा क्रु मेम्बरसहित पाँच जना हिजो राति साढे ७ बजे आइपुगेका हुन् ।
ब्ल्याक फिलिप्सिसहित पाँच जनाको टोली नयाँ दिल्ली हुँदै आएको हो ।
वायुसेनाको १९ सदस्यीय एउटा टोली अस्ति राति काठमाडौं आइपुगेको थियो । ती सैनिक बोकेको कल साइन आरसिएच २७० विमान बंगलादेशको राजधानी ढाका हुँदै यता आएको हो ।
डिप्लोम्याटिक फ्लाइट भनिएको उक्त विमान पनि राति पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । मेजर बाट्स नाथनल र जुनियर क्याप्टेन क्लार्क विलियम जीको चालक दलका सदस्यसहित टोली काठमाडौं आएको हो । आकस्मिक उक्त आगमनको उद्देश्य पनि खुलाइएको छैन ।
टिप्पणीहरू