तामाकोशीमा पौडी खेल्न गएका मलामी बेपत्ता
![तामाकोशीमा पौडी खेल्न गएका मलामी बेपत्ता](https://janaaastha.prixacdn.net/media/albums/kholale-bagayo_Svf4XT5q6k.jpg)
तामाकोशीमा हिजो दिउँसो पौडी खेल्न गएका दुई जना मलामी नदीमा बेपत्ता भएको २४ घण्टा बितिसक्दा पनि फेला परेका छैनन् । दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका उनीहरु पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
हिजो दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन गएका २५ वर्षीय सिमबहादुर तमाङ र २७ वर्षीय जयबहादुर तमाङ बेपत्ता भएका हुन् ।
बेपत्ता भएकाको खोजी कार्य जारी रखेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।
टिप्पणीहरू