चर्को खडेरीमा बाढीको सम्भावना, स्थानीयलाई थप सतर्कता अपनाउन आग्रह

चर्को खडेरीमा बाढीको सम्भावना, स्थानीयलाई थप सतर्कता अपनाउन आग्रह
सुन्नुहोस्

बूढीगण्डकी नदी किनारका बासिन्दालाई बाढीको सम्भावित जोखिममा सतर्कता अपनाउन आग्रह गरिएको छ । गोरखाको मनास्लु हिमाल क्षेत्रमा हिम पहिरो गएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बूढीगण्डकी नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

प्राधिकरणले नदीमा पानीको बहाव बढेकाले बूढीगण्डकी नदी किनारका बासिन्दा एवम् सरोकारवालाहरुलाई सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको हो । 

आज बिहान चुमनुब्री गाउँपालिका–१, सामागाउँस्थित वीरेन्द्र तालमा मनास्लु हिमालबाट झरेको हिमपहिरोले ताल फुटेको छ । त्यसपछि नदीको माथिल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्न गएको बताइएको छ ।

बाढीले उक्त स्थानमा रहेको अस्थायी काठको पुल बगाउँदा सामागाउँबाट साम्दो जाने गोरेटो बाटो अवरुद्ध भएको छ । हाल वैकल्पिक बाटोमार्फत आवतजावत भइरहेको छ । 

प्राधिकरणका अनुसार हालसम्म कुनैपनि मानवीय तथा चौपाया क्षतिको खबर प्राप्त भएको छैन । हिमपहिरो पश्चात् तालको जोखिम अवस्थाका बारेमा सरोकारवाला निकायको सहयोगमा अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ ।

टिप्पणीहरू