त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै आगो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छेउमै आगो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फ कोटेश्वर चोकको ठीक पूर्वी भागमा रहेको तारबार नजिकै हिजो बेलुकी आगलागी भएको छ । साँझ साढे ५ बजे लागेको आगो झण्डै दुई घण्टापछि निभाइएको थियो ।

उक्त स्थानमा रहेको विमानस्थलको भोर्डमे परिमिटर रहेको पूर्वतर्फको तारजालीमा आगो लागेको हो । विमानस्थल अवतरण र उडानको क्रममा निकै कम उचाई रहने उक्त स्थानमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी बलको टोलीले निभाएको थियो ।

तारबार नजिकै बनाइएको फोहोर फाल्ने स्थानका कारण आगो ह्वारह्वार्ती सल्केको बताइन्छ ।

टिप्पणीहरू