सलको पासो लगाएर झुण्डिए शहरी विकास मन्त्रालयका कर्मचारी

सलको पासो लगाएर झुण्डिए शहरी विकास मन्त्रालयका कर्मचारी

शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन् । काठमाडौं महानगरपालिका ३१, नरेफाँट बस्दै आएका ३२ वर्षीय पुस्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन् । 

उनले नीलोपुलमा रहेको डण्डीमा सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । उनी आज बिहान झुण्डिएको अवस्थामा मृत फेला परेको परिसरका एक अधिकृतले बताए । 

दोलखाको तामाकोशी गाउँपालिका ४, स्थायी घर भएका खड्काको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मृगौला फेल भएका उनले लामो समयदेखि डाइलासिस गराइरहेका थिए । हिजो अन्तिम पटक जँचाउन गएका उनी आज श्रीमतीको सल बोलेर घरबाट निस्किएका थिए ।

‘आज बिहान ४ बजेतिर उहाँ झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । उहाँले लामो समयदेखि डाइलासिस गराइरहनुभएको रहेछ । अब जचाँएर हुँदैन भन्ने लागेर पनि यो कदम चाल्नुभएको हुनसक्छ’, ती अधिकृतले भने ।

टिप्पणीहरू