नागार्जुनको फेद र टुप्पोमा भक्तजनको घुईंचो

नागार्जुनको फेद र टुप्पोमा भक्तजनको घुईंचो फाईल फोटो
सुन्नुहोस्

बालाजुस्थित बाइसधारामा बिहानदेखि भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाइसधारामा मेला लाग्छ । 

आजदेखि बालाजु बाइसधारामा पाँच दिने ल्हुति पुन्हिे मेला लागेको हो । आज  बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वासका कारण पनि भक्तजनको घुईंचो लागेको बताइन्छ । 

तामाङ समुदायले आजको दिन बाइसधाराको जल स्वयम्भूमा चढाउँदा पूण्य प्राप्त प्राप्त हुने विश्वास राख्छन् । नागार्जुन डाँडाको टुप्पोमा रहेको जामाचोमा पनि आजै मेला लाग्छ ।

टिप्पणीहरू