अमिर सवार विशेष विमानमा १७ जना, अर्कोमा ६८ जना
नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरेपछि कतारका अमिर शेख तामिम विन हमाद अल थानी स्वदेश फर्केका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा हिजो दिउँसो ढाकाबाट काठमाडौं आइपुगेका उनी २३ घण्टापछि आज कतार गएका हुन् ।
अमिर सवार कल साइन ए७सीजीएल विमान दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा प्रस्थान गरेको हो । विमानमा थानीसहित प्रतिनिधिमण्डलका १२ जना र चालक दलका पाँच जना छन् ।
आजै कल साइन ए७एचएचके विमान पनि काठमाडौंबाट दोहा गएको छ । अमिर सवार विमानभन्दा करिब आधा घण्टा ढिलो उडेको उक्त विमानमा प्रतिनिधिमण्डलका ५४ जना र चालक दलका १४ जना रहेको बताइएको छ ।
हिजो काठमाडौं आएको एउटा अर्को विमान आज बिहान ७ बजे प्रतिनिधिमण्डलका १४ जना सदस्य बोकेर कोरियाको राजधानी सिओलतर्फ गएको थियो ।
टिप्पणीहरू