दुर्गा प्रसाईंलाई बाघ बनाएर आमसभाको निम्तो

दुर्गा प्रसाईंलाई बाघ बनाएर आमसभाको निम्तो
सुन्नुहोस्

राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाऊ अभियान’ ले कैलालीमा आमसभा गर्ने भएको छ । 

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा बैंकको ऋण मिनाहा गराउने अभियानअन्तर्गत देशभर विभिन्न कार्यक्रम गरिरहेको प्रसाईं समूहले ‘सुदूरपश्चिमाञ्चल विकास क्षेत्रस्तरीय’ बृहत आमसभा गर्न लागेको हो । आगामी जेठ ५ गते कैलालीको लम्किचुहामा आमसभा हुने जानकारी गराइएको छ ।

 

प्रसाईंलाई जीवित सेतो बाघको संज्ञा दिँदै उनका समर्थकहरुले सामाजिक सञ्जालबाट प्रचारप्रसार व्यापक पारेका छन् । यसअघि राजसंस्थाको पक्षमा काठमाडौँ केन्द्रित आन्दोलन चर्काएका उनी पछिल्लो समय उपत्यकाबाहिर केन्द्रित छन् । सो समूहले आसन्न उपचुनावमा मतदान नगर्न मतदातालाई अपिल गर्दै ‘नो भोट अभियान’ पनि चलाइरहेको छ । 

केही दिनअघि इलाम पुगेर प्रसाईंले कुनै पनि राजनीतिक पार्टीलाई भोट नदिन आग्रह गरेका थिए ।

टिप्पणीहरू