काठमाडौंका मेयरको कविता संग्रह आउँदै

काठमाडौंका मेयरको कविता संग्रह आउँदै
सुन्नुहोस्

काठमाडौँ महानगरपालिकाका मेयर बालेन आजदेखि ३४औँ वर्षमा प्रवेश गरेका छन् । र्याप गायक हुँदै राजनीतिमा होमिएका उनको युवापुस्तामा राम्रो क्रेज देखिन्छ । 

सामाजिक सञ्जालमा अत्यधिक रोजाईको पात्र बनेका उनलाई आज समर्थक र शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । 

यहीबीच मेयर शाहले आफ्नो जन्मदिनको अवसरमा पारेर सामाजिक सञ्जालबाटै आफ्नो कविता संग्रह ‘अश्र’ बजारमा आउँदै गरेको जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘मेरो कविता संग्रह किताब ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ । आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद !’

बालेनको ‘बलिदान’, ‘सेभेज’, ‘मार्फाको मदिरा’, ‘मन यो उड्यो’, ‘आस्तिक’ जस्ता र्याप गीतहरु लोकप्रिय छन् । १० वर्षअघि ‘र–बार्ज’को ब्याटलबाट दर्शक÷स्रोताको आँखामा परेका उनी अहिले भने सांगीतिक क्षेत्रमा सक्रिय छैनन् ।

टिप्पणीहरू